Connect with us
Kapilvast Forest

पूर्वराजाको छोराको विवाहको लागि सार्वजनिक बिदा

२०८०, १८ असार सोमबारमा प्रकाशित

लोमन्थाङ गाउँपालिकाले मुस्ताङ्गी पूर्वराजाको छोराको विवाह उत्सव मनाउनको लागि सोमबार सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाका अध्यक्ष टसि न्हर्वु गुरुङले झिग्मी सिङ्गी पलवर विष्टलाई मुस्ताङ्गी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा भन्दै उनका जेठा छोरा झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाह उत्सव मनाउन लोमन्थाङ गाउँपालिकामा सार्वजनिक बिदा दिएको जानकारी दिएका छन् ।

पालिकाले सूचना जारी गर्दै भनेको छ, ‘मुस्ताङ्गी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्गी पलवर विष्टका जेष्ठ सुपुत्र राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रमका साथ मनाउन लागिएकोले सोमबार (१८ गते) का दिन पालिकाको कार्यालय, मातहतका सबै कार्यालयहरु तथा शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिइएको जानकारीको लागि अनुरोध छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu