Connect with us
Kapilvast Forest

लम्पी स्किनका बारेमा जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

२०८०, २९ असार शुक्रबारमा प्रकाशित

सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग रोकथामबारे गरेका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा निरन्तर यो विषय उठिरहेको उल्लेख गर्दै उनले यस्तो निर्देश गरेका हुन् ।

‘लम्पी स्किनका विषयमा विगतमा र आजको बैठकमा कुरा उठेको छ । यस सम्बन्धमा स्पष्ट पार्न र यो रोगको रोकथामका बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई निर्देश गर्दछु’ सभामुख घिमिरेले शुक्रबारको बैठकमा भने ।

शुक्रबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले विगत चार महिनाको अवधिमा ८ लाख पशु चौपायाहरु संक्रमित भएको र २७ हजार मरेको उल्लेख गर्दै भनेका छन्, ‘विपन्न र गरिब किसानहरुका ३७ अर्ब बराबरको क्षति भएको छ । अवस्था यस्तो विकराल हुँदा पनि सरकारले त्यसलाई जति गम्भीरताका साथ लिनुपर्दथ्यो, जुन तदरुकता देखाउनु पर्दथ्यो र उपचारमा लाग्नु पर्दथ्यो र खोपहरु जसरी प्रभावकारी ढंगले वितरण गर्नुपर्दथ्यो त्यसमा सरकारले उदासिनता देखाएकोले किसानहरुले ३७ अर्बको क्षति ब्यहोर्नु परेको छ ।’

नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले लम्पी स्किन रोगले सबैतिर प्रभावित बनाएको छ । उनले भने, ‘यो पहाडमा झनै विकराल अवस्था भएको छ । गोरु मर्दा पहाडमा खेत नै बाँझो बस्ने अवस्था छ ।’

राप्रपाकी सांसद रोशन कार्कीले पनि लम्पी स्किनको रोकथामका लागि सरकारी योजना के छ भनी प्रश्न गरिन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj