Connect with us
Kapilvast Forest

यो गठबन्धनको सरकार ५ वर्ष चल्नेमा कुनै शंका छैन : कांग्रेस सांसद देव

२०८०, २६ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले वर्तमान गठबन्धनको सरकार पाँचै वर्ष चल्ने बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भने, ‘देशमा एउटा राजनीतिक स्थिरता छ । प्रि पोल एलाइन्स्, गठबन्धनको सरकार छ पाँच वर्ष चल्नेमा कुनै शंका छैन् ।’

जनताले चाहेको राजनीतिक स्थिरता र अन्तराष्ट्रिय समुदायले चाहेको राजनीतिक स्थिरता नपालमा अहिले प्राप्त रहेको उल्लेख गर्दै उनले थपे, ‘पाँच वर्ष सम्म यो गठबन्धन दायाँवायाँ हुँदैन ।’

सरकारले राम्रो बजेट ल्याएको उल्लेख गर्दै उनले सही कार्यान्वयन हुनुपर्नेमा जोड दिए । आर्थिक विकाससँगसगँै जनताले सुशासन चाहेको र सरकारले जनचाको चाहना बुझेर भ्रष्टाचार विरुद्धमा अभियानहरु सुरु गरिसकेको उनको भनाइ छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, ललिता निवास प्रकरण र नक्कली शैक्षिक प्रमापत्र लिनेहरुविरुद्धको अनुसन्धान अगाडि बढेको उल्लेख गर्दै उनले यसमा प्रमुख प्रतिपक्षीको असहमति हो भन्दै प्रश्न गरे ।

कांग्रेसकै सांसदहरु पक्राउ पर्दा समेत अनुसन्धान र सुशासनको अभियान भएकै कारण आफूहरु चुप रहेको बुझ्न एमालेलाई कांग्रस सांसद देवको आग्रह छ । अनियमितता गरेको पुष्टि भए जो कोही कानुनी दायरामा आउनुपर्ने र ल्याउने गरी सरकार अगाडि बढेका बेला प्रमुख प्रतिपक्षले सरकारलाई सहयोग गर्नुपर्ने पनि उनको सुझाव छ ।

कुनै पनि अनुसन्धान गर्न राज्यका संयन्त्रहरु रहेको र त्यसको अनुसन्धानप्रति विश्वास गरेर अगाडि जानु नै सबैको हितमा रहेको उनको भनाइ छ । सिआइबीले गरेको अनुसन्धानमा अविश्वास गर्दै राजनीतिक कार्यकर्ता राखेर छानबिन समित बनाएर विषय सामसुम पार्ने चाहना लुकेको हुन सक्ने उनले बताए ।

सुन तस्करीको विषयमा सिआइबीले अनुसन्धान गरिरहेको छ । तर एमालेले छुट्टै छानबिन समिति गठनको माग गरेर सदनलाई कार्यसूचीमा प्रवेश गर्न दिइरहेको छैन । ‘दालमा काला हे । रहस्य छ यसमा’ एमालेको संसद अवरोधप्रति उनले आशंका गरे, ‘चोरको खुट्टा काट भन्दा किन उचाल्ने ?’

सरकार र संसद दुवैमा बहुमत हुने उल्लेख गर्दै उनले अल्पमतले सदन अवरुद्ध गर्न नमिल्ने तर्क गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu