Connect with us
Kapilvast Forest

कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आयो : मन्त्री भुसाल

२०८०, २६ श्रावण शुक्रबारमा प्रकाशित

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताउनुभएको छ ।
शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेसम्म कृषि नीति नभएकाले सरकारले कृषि क्षेत्रका नीतिगत रुपमा देखिएका समस्याहरुलाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको बताउनुभयो ।

मन्त्री भुसालले तराई मधेशमा केही समय यता देखिएको सुख्खाको कारणले मारमा परेका किसानहरुलाई बाढीले पुर्‍याएको क्षतिले थप समस्या बनाएको जानकारी उहाँले दिनुभयो । उहाँले बाढीले किसानहरुलाई पुर्‍याएको क्षतिका लागि सरकारले सहयोग गर्ने विषयमा नीतिगत रूपमा छलफल गरिरहेको पनि बताउनुभयो ।

मन्त्री भुसालले कृषि क्षेत्रको विकासमा सिंचाइको समस्या देखिएको बताउनुहुँदै यसमा सुधारका लागि सिंचाइ मन्त्रालयसँग समन्वय गरी सिंचाइको समस्या समाधान गर्ने बताउनुभयो । मन्त्री भुसालले अहिले विश्वव्यापी रूपमा आएको समस्याको कारणले खाद्य सङ्कट आउन सक्ने अवस्था रहेको जिकिर गर्नुभयो । उहाँले नेपाल सरकारले खाद्य सङ्कट आउन नदिनका लागि सरकार सचेत रहेको बताउनुभयो ।

मन्त्री भुसालले ललिता निवास जग्गा प्रकरणमा पार्टीका अध्यक्ष र गौर हत्याकाण्डमा पीडितहरुसँग प्रधानमन्त्रीले गरेको सहमतिले गठबन्धनमा समस्या नआउने बताउनुभयो । उहाँले पार्टी अध्यक्षको ललिता निवास जग्गा प्रकरणमा संलग्नताका विषयमा सत्यता नरहेको जिकिर गर्नुभयो । उहाँले यस विषयमा गठबन्धनले छलफल गरेर निकास निकाल्ने बताउनुभयो ।

मन्त्री भुसालले पार्टीमा जीवन्त रूपमा छलफल हुने गरेका कारणले यसलाई लिएर पार्टीमा कुनै पनि प्रकारले समस्या नआएको गर्नुभयो । उहाँले पार्टीमा आउने जाने हुने गरेका कारणले केही व्यक्ति जाँदैमा पार्टीको गतिशीलतामा कमी नआउने जिकिर गर्नुभयो । एमालेबाट समेत आफ्नो पार्टीमा आउनेहरु बढेको मन्त्री भुसालको भनाइ थियाे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu