Connect with us
Kapilvast Forest

दिनभरी बादर र रात भरी बदेल आतंक :पाल्पाका किसान बारीमै सुत्न बाध्य

२०८०, २८ श्रावण आईतवारमा प्रकाशित

दिनभरी बादर र रात भरी बदेल आतंक : किसान बारीमै सुत्न बाध्य ।
दिपक पोखरेल, पाल्पा –
पश्चिम पाल्पाको रैनादेबी छहरा ४ का किसान बदेल आतंकको कारण बारिमै सुत्न बाध्य भएका छन । ” दिउँसो बादर धपायो रातिमा बँदेलले मकै बालिमा पुर्‍याएको क्षतिका कारण आफू लगायत गाउका अन्य किसानहरु बारिमै सुत्न बाध्य छौ ” बारिमै टहरो बनाएर बसेको बताउदै रैनादेबी छहरा ४ ध्वाघाटका किसान श्रीकृष्ण आत्रेयले भने राहतको नाममा बीउको क्षतिपूर्ति भन्दा पनि किसानलाई गरि खाने वातावरण श्रीजना गरिदिन उनको आग्रह छ ।

त्यस्तै अर्का पिडित किसान टेकराज पोखरेलले बारिमा बदेल र बादरले क्षति पुर्‍याएका मकै देखाउदै भने ” यसरी नै बादर,बदेलको आतंक बढ्दै गएमा पोलेर खाने मकै पनि बाकी नरहने अवस्था छ , गाईबस्तुलाई खुवाउने कुरा त परै जाओस ।”

गाउपालिकाले सक्दो राहत दिन्छ:अध्यक्ष भट्टराई

यस बिषयमा गाउपालिका अध्यक्ष रुक्मांगद भट्टराई संग जिज्ञासा राख्दा पीडित किसानलाई अबस्था हेरेर राहत दिन गाउपालिका लागि रहेको उनको भनाई छ ।” हामी किसानको दुख सुखमा सङ्गै छौ पिडित किसानलाई सक्दो राहत दिन्छौं यसको लागि पालिकाको पशुपक्षी साखाले अध्ययन गरेपछी उचित कदम चाल्ने छौ, अध्यक्ष भट्टराईले भने बँदेल र बादर आतंकको समाधानको लागि पहल गरिदिन प्रदेश सरकारलाई कार्यपालिकाको निर्णय गरेर पठाएका छौ प्रदेश सरकारले पनि पक्कै केही गर्नेछ ।”
कृषि ज्ञान केन्द्रले केही गर्न सक्ने अवस्था छैन

कृषि ज्ञान केन्द्र पाल्पाले जंगली जनावरले पुर्‍याएको क्षतिमा आफुहरुले केही गर्न नसकिने बताएको छ ।
कृषि ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारीले त्यसको लागि पालिकाको कृषि साखाबाटै किसानले राहतको लागि पहल गर्न सकिने बताईन ।

यी किसान त प्रतिनिधि पात्र मात्र हुन पछिल्लो समयमा बसाई सराई , युवा बिदेश पलायन र जमिन बाझो हुदा पाल्पाका ग्रामीण भेगमा अन्य जंगली जनावरहरुको आतंक पनि बढ्दै गईरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu