Connect with us
Kapilvast Forest

रुख काट्ने वन समूहकै अध्यक्ष सहित ४ पक्राउ

२०८०, २८ श्रावण आईतवारमा प्रकाशित

सामुदायिक वनका पदाधिकारीले काँचा रुख कटान गरी गैर उपभोक्तालाई विक्री गरेको आरोपमा डिभिजन वन कार्यालय इलामले सतासी धाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित चार जना पक्राउ गरेको छ । डिभिजन वन कार्यालय इलामले कोष हिनामिना र रुख कटान गरेको आरोपमा चार जनालाई पक्राउ गरेको हो ।

सतासी धाम सामुदायिक वन उपभोक्ता समूह – झापा सतासी धाम –८ र माइ नगरपालिका इलाम ८) का अध्यक्ष हेम बहादुर थापा, शिक्षक समेत रहनुभएका लेखा हेर्ने इन्द्र प्रसाईँ, कार्यालय सचिव केदार भट्टराई र चालक पदम तामाङलाई पक्राउ गरिएको वन कार्यालय इलामले जनाएको छ । पक्राउ परेका ४ जनाविरुद्ध कोष हिनामिना र वनमा हानी नोक्सानी पुराएको आरोपमा वनले मुद्दा अघि बढाएको बताएको छ ।

वन कार्यालयले १ महिना भित्र १७ वटा रुख कटान गरेको प्रमाण फेला परेको जनाएको छ । डिभिजन वन कार्यालय इलामका प्रमुख दानबहादुर श्रेष्ठले यस घटनामा अन्यको समेत संलग्नता हुन सक्ने भन्दै अनुसन्धान जारी रहेको बताएको छ ।

डिभिजन वन कार्यालय प्रमुख श्रेष्ठका अनुसार यो घटना अलि अगाडिको भए पनि अनुसन्धान प्रक्रिया पुरा गरेर बिहीबार पक्राउ गरिएको हो । वनभित्र ब्लक नं. २ मा ७ थान सखुवा र १ थान चापको रुख कटान गरिएको थियो । यस्तै ब्लक नं. २ मा १५ फिट फेदगोलाई भएको १ थान करमको रुख कटान गरेको वन कार्यालयले जनाएको छ । यस्तै, ५ नं. ब्लकमा ८ वटा रुख मेलैसँग कटान गरेको फेला परेको छ । अधिकांश रुख १० देखि १४ फिट फेदगो रहेको छ । टुना र फाला गरेर जम्मा ७ सय किवी रुख कटान भएको सूचना प्राप्त भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयले वनको रेखदेख नभएका कारण हुने घटनामा पदाधिकारीको कमजोरी हुने औँल्याएको छ । तर, सतासी धाम सामुदायिक वनको भने समूहकै पदाधिकारीको संलग्नता देखिएको जनाएको छ । चालकले सिधै फर्निचरमा काठ पुराएको सम्म प्रमाण जुटेको वन कार्यालयले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu