दाङमा चेक बाउन्स मुद्दाका फरार अभियुक्त पक्राउ
दाङमा चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । दाङ जिल्ला अदालतबाट चेक बाउन्स मुद्दामा दोषी ठहर भई फरार भएका घोराही उपमहानगरपालिका–१६ लेटारका ३१ वर्षीय वीरेन्द्र खड्का प्रहरीले पक्राउ गरेको हो ।
अदालतले ०७९ असार ३० गते दोषी ठहर गरी दुई वर्ष जेल सजायको फैसला गरेको थियो ।
नलाई शुक्रबार घोराही–१४ गोर्खा हस्पिटल रोडमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी दाङका डीएसपी राजनकुमार गौतमले बताए ।