Connect with us
Kapilvast Forest

७ महिनापछि गण्डकी प्रदेशसभाको संसदीय समिति गठन

२०८०, ३१ श्रावण बुधबारमा प्रकाशित

प्रदेशसभा गठन भएको ७ महिनापछि बल्ल गण्डकी प्रदेश सभाको संसदीय समिति गठन भएको छ ।

दलहरुबीचको लामो छलफल र गृहकार्यपछि टुंगो लागेपछि मंगलबार सभामुख कृष्ण धितालले संसदीय समितिका सदस्यको नाम पढेर सुनाएका थिए ।
सभामुखले वाचन गरेको नाम बैठकले अनुमोदन गरेको हो । नियमावली मस्यौदा समितिले यसपटक विषयगत समितिको कार्यक्षेत्र र नामसमेत हेरफेर गरेको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा ४ वटा संसदीय समिति रहेका छन् । पहिलेकोे विधायन समिति खारेज भएकोे छ भने अन्य समितिको क्षेत्राधिकार परिवर्तन भएको छ । ३ वटा समितिमा १५/१५ जना र एक वटामा १३ जना सदस्य मनोनयन गरिएको छ । पहिले समितिमा सदस्यको टुंगो लागि सकेपछि बल्ल सभापतिको निर्वाचन हुने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu