Connect with us
Kapilvast Forest

सुन तस्करीको अनुसन्धान सिआईबीले नै टुङ्गोमा पुर्‍याउँछ : गृहमन्त्री श्रेष्ठ

२०८०, ३ भाद्र आईतवारमा प्रकाशित

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नै टुङ्गोमा पुर्‍याउने बताउनुभएको छ। आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको र सिआईबीले नै यसलाई टुङ्गोमा पुर्‍याउने दाबी गर्नुभयो। उहाँले संसद् गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘संसद्को अवरोध अन्त्य गर्ने सन्दर्भमा बैठक केन्द्रित थियो। राम्रोसँग छलफल भएको छ, आज नै निष्कर्षमा पुगेको छैन। तर छलफल सकारात्मक छ। हामीलाई विश्वास छ, भोलीसम्ममा निष्कर्ष सकारात्मक निस्केला र फर्सीसम्ममा सदन खुल्ला कि भन्ने आशावादी छौँ। सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको छ। सिआईबीले नै यसलाई टुङ्गोमा पुर्‍याउनेछ।’’

फरक प्रसङ्गमा गृहमन्त्री श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहमा आफूले भारतबाट आउनुभएका आध्यात्मिक गुरु धिरेन्द्र शास्त्रीसँग भेट गरेको बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu