Connect with us
Kapilvast Forest

कपिलबस्तुका धान बालीमा गबारो किराको प्रकोप

२०८०, ३ भाद्र आईतवारमा प्रकाशित

रोपेको धान बालीमा गबारो किराको प्रकोप देखा परेको छ । गबारो किराले गुवो खाएर धान बालीमा नोक्सान गर्न थालेपछि किसान चिन्तित भएका छन् ।

सबैभन्दा धेरै गबारो रोगको समस्या बढी बुद्धभुमि नगरपालिका –२ को पुरेन, वडा नं. ४ को बुड्ढी र वडा नं. ९ को बरकलपुरमा देखापरेको छ । बुद्धभुमि नगरपालिका वडा ९ कि किसान अनिता बेलबासेका अनुसार १० कठ्ठा जग्गामा रोपेका बीउको गुबो गबारोले खाएर क्षति गरेको छ ।

“धान रोपिएको महिना दिन नपुग्दै गबारोको समस्या देखिएको छ” उहाँले भन्नुभयो, “धानका बोटहरु पहेलिँदै गएका छन्, रोपेका धानका बिरुवा नै मर्ने अवस्थामा पुगेका छन्, बिरुवा नै मरेपछि धान उत्पादन हुँदैन ।” उहाँले कृषि प्राविधिकलाई समस्याबारे अवगत गराएको बताउनुभयो ।

किसान बेलबासेले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र नगरपालिकाको कृषि प्राविधिकको टोलीले खेतमै पुगेर अनुगमन गरेर गएको बताउनुभयो ।

नगरपालिकास्थित कृषि शाखाका प्राविधिक छोटेलाल कोहारका अनुसार गबारोको समस्या पहिलो चरणमै भएकाले किसानलाई धानका बिरुवा डुब्नेगरी पानी लगाउन र विषादी हाल्नेबारे सल्लाह दिइएको बताउनुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्र नाथ चौबेका अनुसार अहिले बुद्धभुमि नगरपालिकाको केही वडामा गबारो रोगको प्रकोप देखापरेको छ । प्रकोप देखिएको किसानहरुलाई विषादी हाल्न सुझाव दिइसकेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कपिलबस्तुका प्रमुख शहसराम चौधरीका अनुसार गबारो किरा शत्रुजीव भएकाले त्यसको व्यवस्थापनका लागि सल्लाह दिने कार्य भइरहेको छ । उहाँले भन्नुभयो, ‘धान बढने र गाँजो हाल्ने बेला गबारोको समस्या देखिएकाले किसान निकै चिन्तित भएका छन ।’ जिल्लामा कुल ८३ हजार हेक्टर खेतीयोग्य जमिन मध्ये ७१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुनेगरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu