Connect with us
Kapilvast Forest

पीडितले फेरे बयान, आलम उम्किने सम्भावना

२०७६, २६ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं । चिम्नी भट्टामा जिउँदै जलाइएको भनिएको व्यक्तिका आफन्तले अदालतसमक्ष बयान फेरेका छन् । २०६४ सालको संविधानसभाको अघिल्लो दिन राजपुर फरहदवाका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुआठका ओसी अख्तर र त्रिलोकप्रताप सिंहलाई घाइते अवस्थामा जिउँदै इँटाभट्टामा हालेर मारेको आरोप कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई लागेको छ।

ओसीकी श्रीमती आमना खातुनले पति वैदेशिक रोजगारीमा गएको र हालसम्म घर नआएको निवेदन दिएकी छन्। उनको निवेदन दर्ता भई मिसिलमा सामेल गराइएको अदालतका स्रेस्तेदार गुणराज पराजुलीले बताए ।

विस्फोटमा परी घाइते भएको भनिएका भारतको वैरगनियाका शंकर राम चमारले पनि बयान फेरेका छन्। उनल आलम पक्षका कानुन व्यवसायीमार्फत आफू सन् २००१ मा घरमा खाना पकाउने ग्यास विस्फोट भएर घाइते भएको निवेदन दर्ता गराएका छन्।

प्रहरीको अनुसनधानका क्रममा भने उनले शेख इद्रिसको गोठमा पुग्दा बम विस्फोट भएको र छर्राले लागेर घाइते भएको बयान दिएका थिए।

पीडित परिवारले नै एकाएक बयान फेरेपछि हत्यारा उम्किने अवस्था रहेको अर्का पीडित श्रीनारायण सिंहले बताए।

‘यो त साह्रै दुःखलाग्दो कुरा भयो,’ उनले भने, ‘न्यायका लागि लड्दै गर्दा पीडितले नै झुटो निवेदन दर्ता गराएका छन्।’
पीडित परिवार, साक्षी, प्रत्यक्षदर्शीलगायतको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्नुपर्ने बेला आएको पी

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu