Connect with us
Kapilvast Forest

सहकारीमा चोरी गर्ने तीन जना पक्राउ

२०८०, १२ भाद्र मंगलवारमा प्रकाशित

मोरङको धनपालथान गाउँपालिका–२ कुशमाहस्थित युवा विकास बहुउदेश्यीय सहकारी संस्थामा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका–१ नोचाका २१ वर्षीय पारस मण्डल, सोही पालिकाको वडा नं. ७ कदमाहाका २४ वर्षीय रोसन मण्डल र २० वर्षीय विशालकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले बाउनुभयो ।

उनीहरूले साउन ३२ गते राति युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ढोका फोडी ५० हजार रुपियाँ नगद र २ थान ल्यापटप चोरी गरेका थिए । पक्राउ परेकाहरूलाई आइतबार म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको डिएसपी दाहालको भनाइ छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय रङ्गेली र अमाहीबरियाती प्रहरी चौकीले शनिबार पक्राउ गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu