निजामती सेवा दिवस : घरेलु तथा साना उद्योग कार्यालय कपिलबस्तुद्धारा पहिलो सेवाग्राहीलाई सम्मान
कपिलबस्तु- १९ औं निजामती सेवा दिवस आज मनाइँदै छ ।
‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो ।
निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।
सोही अवसरमा घरेलु तथा साना उद्योग कार्यालय कपिलबस्तुले कार्यालयमा आएको पहिलो सेवाग्राहीलाई सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालय कपिलबस्तुको कार्यालय प्रमुख प्रेम बहादुर गौतमले जानकारी दिनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयमा आज सेवा लिन आएको पहिलो सेवाग्राही आकाश कुमार पाण्डेलाई कार्यालय प्रमुख प्रेम गौतम, सुचना अधिकारी बिष्णु प्रसाद पोख्रेल, लेखा अधिकृत गोबिन्द तेली कम्प्युटर अपरेटर श्रवण कुमार शैनी लगायत सम्पुर्ण कर्मचारीहरुले सम्मान गरेका छन ।