Connect with us
Kapilvast Forest

वीरगञ्जको बाल सुधार गृहमा रातभर तनाव

२०८०, २७ भाद्र बुधबारमा प्रकाशित

पर्साको वीरगञ्जस्थित बाल सुधार गृह रातभर तनावग्रस्त भएको छ । आज बिहान स्थिति सामान्य भए पनि प्रहरीहरुको सुरक्षा सतर्कता कायम राखिएको छ ।

गएराति बाल सुधार गृहमा रहेकाहरुबीच आपसी विवादका कारण तनाव भएको थियो । दुई समूहबीचको विवादले झडपको रुप लिँदा केही कैदीबन्दी घाइते पनि भएका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

बाल सुधार गृहमा तनाव बढेको थाहा पाएपछि प्रहरी परिचालन गरिएको थियो । त्यसपछि झन् आक्रोशमा आएकाहरुले बाल सुधार गृहमा तोडफोड गर्नुका साथै प्रहरीमाथि पनि ढुंगामुढा प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी कुमार विक्रम थापाले आज बिहानको अवस्था सामान्य रहेको बताए । यद्यपि अहिले पनि बाल सुधार गृह बाहिर प्रहरी खटाइएको उनले जानकारी दिए ।

‘उनीहरुबीच राति आपसमा विवाद भएको थाहा पाएपछि हामीले रोक्न खोज्यौं, त्यहीक्रममा प्रहरीमाथि ढुंगा–ईंटा प्रहार भएको थियो, अहिले भने अवस्था सामान्य छ,’ डीएसपी थापाले भने, ‘अहिले पनि प्रहरीहरु गेट बाहिर तैनाथ छन् ।’

बाल सुधार गृहभित्र भएको विवाद के हो भन्ने सार्वजनिक भइसकेको छैन । स्थानीय प्रशासनले उनीहरुसँग छलफलको प्रयास जारी राखेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu