Connect with us
Kapilvast Forest

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको विजयी सुरुवात

२०८०, ३ आश्विन बुधबारमा प्रकाशित

एजेन्सी । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले यस सिजनको युईएफए च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ।

गएराति भएको खेलमा सर्बियन क्लब कर्भेना भेजडाविरुद्ध ३-१ को जित निकाल्दै सिटीले यस सिजनमा विजयी शुरुवात गरेको हो।

सिटीको जितमा जुलियन अल्भारेजले २ गोल गरेका थिए भने रोड्रीले एक गोल गरेका थिए। त्यसैगरी भेजडाका लागि ओसमान बुकारीले एक गोल फर्काएका थिए ।

जितसँगै समूह जी मा रहेको म्यानचेस्टर सिटीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj