Connect with us
Kapilvast Forest

युवती हत्या आरोपमा ४ जना पक्राउ

२०८०, १६ आश्विन मंगलवारमा प्रकाशित

pakrau

कञ्चनपुर पुनर्बास नगरपालिका-३ कि लक्ष्मी घर्तीको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार ३० भदौमा घर्तीको शव स्थानीय आईबीआरडी बजारदेखि घ गाउँतर्फ जाने सडकमा भेटिएको थियो ।

घर्तीको हत्या आरोपमा पक्राउ पर्नेमा कञ्चनपुरकै बेलौरी नगरपालिका–१ का २७ वर्षीय सरोज राना, १९ वर्षीय राहुल राना, लालझाडी गाउपालिका–१ नौरङ्गाका ३३ वर्षीय सेनराज राना, ३३ वर्षीय परशु राना रहेको प्रहरी निरीक्षक पन्तले बताए । एक जना आरोपित लालझाडीका ३० वर्षीय राजकुमार राना भने फरार रहेको र खोजी भइरहेको प्रहरीको भनाइ छ ।

२९ भदौको साँझ मामाघर जान्छु भनेर घरबाट निस्किएकी घर्तीको भोलिपल्ट शव भेटिएको थियो ।

प्रहरी निरीक्षक पन्तका अनुसार आरोपित पक्राउ परेका युवाहरुले घर्तीलाई मोटरसाइकलमा राखेर लालझाडी गाउँपालिका–१ को जंगलमा हात्ती हेर्न लगेको अनुसन्धानबाट खुलेको छ ।

त्यस क्रममा हात्ती हेर्न टहरामा चढेका बेला घर्ती खसेर गम्भीर घाइते भएको पाइएको प्रहरीको भनाइ छ । घर्तीलाई बेहोस अवस्थामा मोटरसाइकलमा राखेर मृतकको माइती घर नजिकै सडक किनारमा फालेर उनीहरु भागेको खुलेको प्रहरी निरीक्षक पन्तले बताए । पक्राउ परेकाहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइसकेको प्रहरीले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu