वडाअध्यक्ष रिजवानद्धारा शैक्षिक संस्थाहरुको अनुगमन
कपिलवस्तु-
कपिलवस्तुको शिवराज नग़रपालिका वड़ा नम्बर ८ का वडा अध्यक्ष रिजवान खाँले शैक्षिक संस्थाहरुको अनुगमन गर्नु भएको छ । शिवराज नगरपालिकामा निशुल्क शिक्षा लागुभएपछी वडाअध्यक्ष रिजवान खाँले विद्यालयको शैक्षिक गुणास्तर, विद्यालयको भौतिक अवस्थाको अनुगमन गर्नु भएको हो ।
विद्यालयमा शिक्षकको व्यवहार र उपस्थिती लगायको बारेमा अनुगमन गरिएको हो ।शिवराज ८ मा रहेको विद्यालय र मदरसाको अनुगमन गरेको वडा अध्यक्ष खाँले बताउनुभयो ।
वडा अध्यक्ष खाँले विद्यालय अनुगमन गर्दा विद्यार्थीको शैक्षिक गुणास्तर, पोसाक, शौचालय सरसफाई, पुस्तकको उपलब्धता, डेक्स बेन्चको अवस्था लगायतको अनुगमन गरेको बताउनुभयो ।
अझै पनि धेरै विद्यार्थीहरु कर्पेटमै बस्न बध्य भएकाले यसको लागि वडा र नगरबाट बजेट व्यवस्थापन गरीने बताउनुभयो ।
