Connect with us
Kapilvast Forest

एसिड (तेजाब) खरिद–बिक्रीमा अनुमति अनिवार्य

२०८०, २० आश्विन शनिबारमा प्रकाशित

घातक रासायनिक पदार्थको बिक्रीवितरणको व्यवस्थालाई नियन्त्रण गर्नेगरी सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली जारी गरेको छ । खुद्रा रूपमा घातक रासायनिक पदार्थ बिक्रीवितरण हुँदा एसिड आक्रमणलगायतका घटना बढेपछि सरकारले नयाँ कानुन बनाएको थियो । २०७९ असार ३१ गते राजपत्रमा प्रकाशित ऐन अनुसार बिहीबार नियमावली प्रकाशित भएको हो । ऐन पारित भएको १४ महिनापछि नियमावली जारी भएको हो ।

खरिद–बिक्रीको मौजुदा व्यवस्थालाई व्यवस्थित र कसिलो बनाउने सरकारले रणनीति लिएको छ । बिक्रीको नियमनलाई नियमावलीले जोड दिएको छ । एक लिटरको खरिदलाई पनि प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति अनिवार्य बनाइएको छ । बिक्रेताले दैनिक बिक्रीको परिमाणको जानकारी सरकारले तोकेको विद्युतीय प्रणालीमा पेस गर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ । प्रमुख जिल्ला अधिकारीलाई प्रत्येक छ महिनामा उत्पादन, निकासी, पैठारी र मौज्दातको विवरण इजाजत लिएका फर्मले पेस गर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।

तेजाब तथा अन्य रासायनिक पदार्थको प्रयोग गर्नुपूर्व स्वीकृति लिनुपर्ने व्यवस्था नियमावलीले गरेको छ । औद्योगिक प्रयोजनका हकमा उलपब्ध गराइने रासायनिक पदार्थको विवरण राजपत्रमा सूचना प्रकाशित गरेर जानकारी गराइने उल्लेख छ । उद्योग र रासायनिक पदार्थको नाम सूचनामा उल्लेख गर्नुपर्ने छ । प्रयोगशाला, अनुसन्धानशाला, शैक्षिक संस्था तथा धातुका गहना बनाउने प्रयोजनको प्रयोगमा पनि प्रमुख जिल्ला अधिकारीबाट स्वीकृति लिनुपर्ने व्यवस्था नियमावलीले गरेको छ । मासिक एक लिटर वा एक केजीभन्दा बढी प्रयोगमा पनि अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

नियमावलीमा भनिएको छ, “तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोग गर्ने उद्योग, प्रयोगशाला, अनुसन्धानशाला, शैक्षिक संस्था, कार्यशाला, वर्कसप, धातुका गहना बनाउने वा अन्य कुनै यस्तै व्यावसायिक काम गर्ने फर्म, कम्पनी वा व्यक्ति मासिक एक लिटर वा एक केजीभन्दा बढी तेजाब वा अन्य घातक रासायनिक पदार्थ प्रयोग गर्नुपर्ने भएमा पूर्वस्वीकृतिका लागि प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्ने छ ।”

प्रमुख जिल्ला अधिकारीले निवेदनमा जाँच गरेर स्वीकृत दिन सक्ने व्यवस्था नियमावलीले गरेको छ । नियमावलीले उत्पादकले पालना गर्नुपर्ने सर्त, सुरक्षा मापदण्ड, निकासी, पैठारी तथा ओसारपसारमा पालना गर्नुपर्ने सर्त तथा मापदण्ड पनि तय गरेको छ । प्याकेजिङका सर्त र मापदण्ड पनि नियमावलीले तोकेको छ । भण्डारण र बिक्रीसम्बन्धी सर्त पनि नियमावलीले तोकेको छ । नियमावलीले तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, ओसारपसार, भण्डार र बिक्रीवितरणमा अनुमति लिने व्यक्ति वा फर्मले त्यस्तो काममा संलग्न व्यक्तिको बिमा गर्नुपर्ने व्यवस्था गरेको छ । १० लाख रुपियाँसम्मको दुर्घटना र जीवन बिमा दुवैलाई अनिवार्य गरिएको छ ।

उत्पादन अनुमति पाएका निकायले उत्पादन, निकासी तथा पैठारी गरेको सम्पूर्ण विवरण प्रत्येक छ महिनामा प्रमुख जिल्ला अधिकारीलाई पेस गर्नुपर्ने पनि नियमावलीले व्यवस्था गरेको छ । उत्पादन, निकासी, पैठारी तथा मौज्दातको सम्पूर्ण विवरण बुझाउनुपर्ने छ । बिक्रीको सम्पूर्ण अभिलेख राख्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ । यस्तो जानकारी अनलाइन माध्यमबाट दिनुपर्ने व्यवस्था नियमावलीले गरेको छ । विभागीय मन्त्रालयले विवरण सम्प्रेषणका लागि वेबपेज निर्माण गर्ने नियमावलीमा जनाइएको छ । बिक्री गरिएको प्रयोजन र परिमाणलाई समेत बिक्रेताले जानकारी दिनुपर्ने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu