Connect with us
Kapilvast Forest

कपिलवस्तुमा १ सय १६ जनालाई ह्वील चियर

२०८०, २० आश्विन शनिबारमा प्रकाशित

कपिलवस्तुका १ सय १६ जना अपांगता भएका ब्यक्तिहरुलाई ह्वील चियर बाडिएको छ । मुख्य दाता डिजेएच तथा ईन्टरनेशनल ह्वील चियर फाउन्डेशनको सहयोगमा बाल अपांग टेवा संस्थाले कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको हनुमान चोकमा जिल्लाका ६ पालिकाका अपांगहरुलाई सो बितरण कार्यको सुभारम्भ गरेको हो ।
सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले हनुमान चोकमा जम्मा भएका अपांगहरुलाई ह्वील चियर बितरण गदै कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा मन्त्री आचार्यले अपांगहरुको सहज पहुचकालागि सबै सरकारी निकायमा अपांग मैत्री संरचना निर्माण गर्नु पर्ने बताए । उनले नबनाइएका ठाउमा अपांग मैत्री संरचना बनाउनु पर्नेमा जोड दिए । ‘ अब बन्ने संरचना अपांग मैत्री बनाउन जरुरी छ ’ उनले भने ।
शारीरिकरुपमा अपांग भएकाहरुलाई सिप सिकाएर आत्म निर्भर बनाउनु पर्ने बताए । तिनै तहको सरकारले अपांगकाकालागि अपांग मैत्री नीति समेत बनाउनु पर्ने बताए । उनले अपांगहरुकालागि आफुले थप सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । उनले महिलाहरुकालागि सुधारिएको चुल्हो, सिलाई मेशीन र स्वेटर बुृन्ने मेशीन समेत दिलाउने आफु प्रतिबद्ध रहेको बताए ।
सो अवसरमा आयोजक संस्थाका संस्थापक अध्यक्ष डेन्डी शेर्पाले वडा र पालिकाहरुले अपांग मैत्री संरचना निर्माण गरी वडा सम्म पहुच बढाउनु पर्ने बताए । उनले आफनो संस्थाले अपांग ब्यक्तिहरुको सहजताकालागि गोरुसिंगे देखि चन्द्रौटाको बिचमा ह्वील चियर मर्मत केन्द्र समेत संचालन गर्ने तयारी गरेको बताए ।
बुद्धभुमी नगरपालिकका मेयर केशव कुमार श्रेष्ठको अध्यक्षता, नविब खनालको संचालनमा भएको कार्यक्रममा मुख्य दाता डिजेएचका केड्रनी एलन हाईनेश, महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल बुद्धभु्मी नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत धु्रब नेपाल, बुद्धभुमी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कपिलदेब तिवारी, आयोजक संस्थाका अध्यक्ष ध्रब प्रसाद न्यौपानेले लगायतले मन्तब्य दिएका थिए ।
बुभुमी नगरपालिकामा २२, महराजगंज नगरपालिकामा २५, कपिलवस्तु नगरपालिकामा २१, शिवराज नगरपालिकामा १६, कृष्णनग रनगरपालिकामा १५, र यशोधरा गाउपालिकामा १० ताथ बाकी ९ वटा आवश्यक्ता हरेर बितरण गरिने छ । प्रति ह्वील चियरको ९० हजार बजार मुल्य रहेको छ ।
शनिवार २९ वटा ह्वील चियर बितरण गरिएको छ । ह्वील चियर पाएका अपांगहरु खुशी भएका छन । पोलियोका कारण जन्मजात अपांग रहेको कृष्णनगर नगरपालिका वडा नम्बर १० अमौलीका ३४ बािषर््य अब्दुल मुसलमान मियाले जिवन मै पहिलो पटक ह्वील चियर पाएर आफुलाई निकै खुशी लागेको बताए ।
‘अब आफै आउ जाउ गर्छु, जीवनयापनमा केही भए पनि सहज भएको छ ’ उनले भने । उनी जस्तै ऋरु २८ जना पनि ह्वील चियर पाएका दंग छन । पालिकाहरुले केही दिन मै सबै ह्वील चियर बितरण गर्ने जनाएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu