रास्वपाले किसानको समस्या बुझ्दै
कपिलवस्तु- राष्ट्रिय स्वतन्त्र पार्टी शिवराज नगर समितिले शिवराज नगरपालिका भित्र रहेका कृषकहरुले भोग्दै आएका समस्याहरु पहिचान गरि दिगो समाधानका लागि काम सुरु गरेको छ ।
स्थानिय सरकार सञ्चालन भए देखि नगरपालिकाले कृषीमा सुधारकालागि करोडौं रकम बराबरको बजेट खर्च गरिसकेको छ । तर कृषकहरुको जिवनस्तरमा तथा कृषी पेसामा कुनै परिवर्तन हुन नसक्दा कृषी बजेट लगानी बालुवामा पानी खनाए जस्तो भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी शिवराज नगर समिति संयोजक बालकृष्ण पाण्डेयका अनुसार स्थानिय सरकारले कृषकहरुले भोग्दै आएको समस्याको मुख्य कारण पत्ता लगाई समाधानको लागि दिर्घकालिन योजना बनाई लगानी गर्नु पर्ने बताउनु भयो ।
पाण्डेयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी कृषकहरुका घरदैलोमा पुगी साथै सामाजिक संजाल मार्फत पनि समस्या पहिचान गरिरहेको बताउनु भयो । उहाँका अनुसार अहिले सम्म शिवराज नगरपालिकाबाट कृषीका लागि जति काम भयो त्यतिले मात्र नपुग्ने यस क्षेत्रमा कृषीमा बिकास गर्नका लागि गुरु योजना मार्फत मात्र सम्भव रहेको बताउनु भयो ।
तलको लिकंमा क्लिक गरी तपाईले पनि आफनो भोग्दै आएको समस्या राख्न सक्नु हुनेछ ।