Connect with us
Kapilvast Forest

इजरायलबाट २८८ जना नेपाल आउन इच्छुक

२०८०, २४ आश्विन बुधबारमा प्रकाशित

परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र इजरायलका विदेश मामिला मन्त्री एली कोहेनबीच आज सम्पर्क टेलिफोन वार्ता भएको छ । हमासले गरेको आक्रमणपछि त्यहाँ ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । सोही घटनामा १० नेपालीको निधन भएको छ । वार्तामा त्यहाँ रहेका नेपालीको उद्धार र निधन भएका नेपालीको शव नेपाल ल्याउने विषयमा पनि कुराकानी भएको छ ।

नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र स्वदेश फर्कन चाहने नेपालीहरुलाई सहजीकरण गर्ने विषयमा कुराकानी गर्नुभयो । ईजरायली सरकारका परराष्ट्रमन्त्रीले पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयले यस कठिन समयमा नेपालको इजरायलसँग ऐक्यबद्धता रहेको जनाएको छ । यसअघि परराष्ट्रमन्त्री साउदले आजै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा इजरायलमा निधन भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरुको उपचार गर्न, सम्पर्कविहीन भएकाको तत्काल खोजी गर्न गरिएको प्रयासबारेमा जानकारी दिनु भएको थियो ।

ईजरायलमा निधन भएका १० जना नेपालीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारका विधिविज्ञान निकायसँग समन्वय भई सकेसम्म चाँडो ल्याउने गरी कार्यप्रक्रिया शुरु भइसकेको छ ।

ईजरायल र गाजाको सीमा क्षेत्रमा बंकरभित्र आश्रय लिई बसेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जना विद्यार्थीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण भइसकेको छ। ईजरायलको उत्तरी सिमानामा अध्ययनरत विद्यार्थीहरुलाई समेत सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । सम्पर्कविहीन अवस्थामा रहेका बिपिन जोशीको खोजीकार्य तीव्र रुपमा भइरहेको छ ।

उद्दार हुन तथा नेपाल फर्कन चाहने ३२४ जना नेपाली नागरिकहरुले राजदूतावासको अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत विवरण उपलब्ध गराएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu