Connect with us

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, धान नकाट्न मौसमविद्को आग्रह

२०८०, २८ आश्विन आईतवारमा प्रकाशित

काठमाडौ । नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। आज देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।भने राती देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने सोमबार राती सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका ‍एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूर पश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती कोशी, सुदूर-पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसमविद् प्रतिभा मानन्धरले देशका धेरै ठाउँमा बादल लाग्ने भन्दै भोलि र पर्सि पानी पर्ने सम्भावना रहेको बताउनुभयो । देशको पश्चिमी क्षेत्रमा भोलि र पर्सि लगातारजसो पानी पर्ने सम्भावना रहेको धान नकाट्न र काटिएको छ भने भित्र्याइहाल्न किसानलाई मौसमविद्को सुझाव छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu