Connect with us

बालबिटोरी जग्गाको समस्या समाधान गर्न मन्त्रीलाई ज्ञापन

२०८०, २९ आश्विन सोमबारमा प्रकाशित

कपिलवस्तु-
सदरमुकाम कपिलवस्तु नगरपालिकाको तौलिहवा बजार क्षेत्रमा रहेको बालबिटोरी (बजार ब्लक) क्षेत्रको समस्या समाधान गर्न मन्त्रीलाई ज्ञापनपत्र बुझाईएको छ । तौलिहवा उद्योग बाणीज्य संघका अध्यक्ष गयादीन कुर्मीले भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीलाई ज्ञापनपत्र बुझाउनु भएको हो । अध्यक्ष कुर्मीले बुझाएको ज्ञापनपत्रमा बजार क्षेत्रमा रहेको बाल बिटोरी जग्गा (बजार ब्लक) जग्गालाई हालकै हकभोगका आधारमा लालपुर्जा बितरण हुनु पर्ने माग राखिएको छ । यस अघि बजार क्षेत्रको नाँप नक्शा गर्ने क्रममा बि.स. २०२७ सालको नापीको नक्शा र ब्लकको नक्शा सँग हालको भोगचलनको क्षेत्र नमिल्दा नापजाँचमा समस्या परेको थियो । जसका कारण तौलिहवा बजार क्षेत्रका स्थानियले बर्षौ देखी आफ्नो जग्गाको लालपुर्जा पाएका छैनन । स्थानियलाई लालपुर्जा बितरण नगरिदा बिभिन्न समस्या पर्दै आएको भन्दै संघको अगुवाईमा पटक पटक समस्या समाधानका लागी पहल गरिएको थियो । ज्ञापनपत्र बुझदै मन्त्री श्रेष्ठले तौलिहवा उद्योग बाणिज्य संघले नागरिकका समस्या उठान गर्दै ज्ञापन पत्र पेश गरेकोमा धन्यबाद दिनु भयो । आफुले सो समस्या समाधानका लागी आ आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कपिलवस्तु सदरमुकाम तौलिहवा क्षेत्रका नागरिक बर्षौ देखी बालबिटोरी जग्गाको लालपुर्जा नहुदाँ समस्या पर्दै आए पछि संघले उनीहरुका समस्या समाधान गर्न पहल गर्दै आएको तौलिहवा उद्योग बाणीज्य संघका अध्यक्ष गयादीन कुर्मीले बताउनु भयो । उहाँले बालबिटोरी जग्गाको नापजाँच पुरा गरि लालपुर्जा बितरण गर्ने कार्य हालकै हकभोगका आधारमा गर्ने निर्णय गरिदिन मन्त्रालयमा ज्ञापनपत्र दिएको जानकारी दिनु भयो । मन्त्रीले समस्या समाधानका लागी सकारात्मक भुमिका खेल्ने प्रतिबद्धता जनाएको कुर्मीले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu