Connect with us
Kapilvast Forest

त्रिभुवन विमानस्थलबाट एकै दिन ११४ अन्तर्राष्ट्रिय उडान-अवतरण, बन्यो कीर्तिमान

२०८०, ३० आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं-नेपालको सबैभन्दा ठूलो तथा पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा सोमबार कीर्तिमान कायम भएको छ । यो विमानस्थलबाट सोमबार एकै दिनमा अन्तर्राष्ट्रियतर्फ कुल ११४ उडान/अवतरण भएका छन् । यो एक दिनमा भएको अहिलेसम्मकै धेरै उडान/अवतरण रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

एक दिनमा यो विमानस्थलले १६ हजार ५०९ जना यात्रु व्यवस्थापन गरेको छ । अहिले नेपालमा चाडबाडको सिजन चलेको छ । साथमा पर्यटकीय मौसम समेत सुरु भएको छ ।

सोही कारण वायुसेवा कम्पनीहरुले उच्च चापमा उडान गरिरहेका छन् । आन्तरिकतर्फ समेत वायुसेवा कम्पनीहरुले अहिले एकतर्फी झण्डै शतप्रतिशत अक्कुपेन्सीमा उडान गरिरहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu