कपिलवस्तुमा उम्मेदवारी दर्ता (फोटो फिचर)
सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक २७
यहि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि कपिलवस्तुमा १२ जनाको उम्मेदवारी परेको छ । जिल्लको शिवराज नगरपालिका वडा नं. १० लालपुरमा उप निर्वाचनका लागी १२ जनाले उम्मेदवारी दिएका हुन ।
वडा नं. १० को अध्यक्ष पदका लागी नेपाल कम्युनिष्ट पार्टि नेकपाबाट अदालत मनिहार, नेपाली काग्रेसबाट देवराज भारती, समाजवादी पार्टि नेपालबाट तिर्थ बहादुर रायमाझि, राजपाबाट मन्जु मिश्र, जनमत पार्टिबाट महोम्द हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहारको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै ५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन । शान्त व्यावस्थित तरिकाले उम्मेदवार दर्ता भएको निर्वाचन अधिकृत लोकजंग शाहले वताए ।
स्वतन्त्र उम्मेदवारमा शिवभक्त नाउ, शिवनारायण कुर्मी,रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहारको मनोनयन दर्ताको भएको छ ।
