Connect with us
Kapilvast Forest

मानव अधिकारको अवस्था दयनीय

२०८०, १६ कार्तिक बिहीबारमा प्रकाशित

file photo

बैतडीमा मानव अधिकारको अवस्था दयनीय रहेको सरोकारवालाले टिप्पणी गरेका छन् । अखाद्य वस्तुको बिक्री, जातीय विभेद, लैङ्गिक हिंसालगायत कुपोषणको समस्या बढेको सरोकारवालाले जनाएका छन् । राष्ट्रिय मानव अधिकार अयोग सुदूरपश्चिम प्रदेश कार्यालय बैतडीमा आयोजना गरेको मानव अधिकारीको अवस्था विषयमा छलफलमा सहभागीले उक्त समस्या औँल्याएका हुन् ।

राष्ट्रिय मानव अधिकार अयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हरिप्रसाद ज्ञवाली, जिल्ला समन्वय समिति बैतडीका प्रुमख खगेन्द्रसिंह धामी, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलगायत अधिकारकर्मी र नागरिक अगुवाको कार्यक्रममा सहभागिता रहेको थियो ।

छलफलमा नागरिक अगुवा कर्णदयाल सोराडीले यहाँका नागरिकले खाद्य अधिकार नपाएको, मानव अधिकार हनन भएको, जातीय विभेद खेपिरहेको र बेरोजगारी बढेको बताउनुभयो । इन्सेक बैतडीका प्रतिनिधि नरी बडूले मानव अधिकारसम्वन्धी कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तहमा भ्रष्टाचार बढेको, जथाभावी डोजरले सडक खन्दा रोजगारी खोसिएको, अखाद्य वस्तुको बिक्री बढेको बताउनुभयो ।

त्यस्तै बेरोजगार युवा लागुऔषध दुव्र्यसनी फसेको, बालविवाह र कुपोषण बढेको जानकारी पनि उहाँले दिनुभयो । यस जिल्लामा क्रियाशील मानव अधिकारकर्मी राजनीतिक दलको कार्यकर्ता हुँदा मानव अधिकारका हननका घटनामा अधिकारकर्मी विभाजित हुने गरेको गुनासो गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu