Connect with us
Kapilvast Forest

भूकम्प प्रभावितलाई २५ क्विन्टल चामल दिने विप्लवको पार्टीको निर्णय

२०८०, १८ कार्तिक शनिबारमा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीले भूकम्प प्रभावितहरुलाई पार्टीको खाद्य भण्डारबाट करिव २५ क्विन्टल चामल दिने निर्णय गरेको छ । जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पमा परी कम्तिमा १३८ जनाको मृत्यु भएको छ भने १६० भन्दा बढी घाइते भएका छन् । नेकपाको शनिबार बसेको उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले पार्टी कोषबाट १ लाख रुपैयाँ राज्यको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

पार्टीको खाद्य भण्डारबाट १०० प्याकेट (करिव २५ क्विन्टल) चामल पठाउने निर्णय पनि गरेको छ । राहत संकलन गर्ने र चिकित्सकहरुको टोली पठाउने महासचिव नेत्रविक्रम चन्दले बताए ।

भूकम्पपछि प्रधानमन्त्रीको दतारुकता प्रशंसनीय रहेको उनले बताए । तर मन्त्रिपरिषद्बाट निर्णय गर्न ढिला गर्न नहुने भन्दै महासचिव विप्लवले भने, ‘प्रधानमन्त्रीको एकल सक्रियता हुँदैन, राज्यको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu