Connect with us
Kapilvast Forest

६ महिनामा प्रधानमन्त्रीका ९० सम्बोधन

२०८०, २० कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत ३० पुसमा सञ्चारमाध्यमका सम्पादकहरुसँग भनेका थिए, ‘वास्तवमा उद्घाटन शिलान्यासमा समय बिताउनुभन्दा यहीं बसेर खुरु-खुरु काम गरौं भन्ने मलाई पनि लागेकै हो । तर ज्यादिविधि नै कर गर्छन्, अब गर्ने के ?’

प्रधानमन्त्रीले समस्या सुनाउँदै त्यसको समाधानका विकल्प पनि आफैं सुनाएका थिए, ‘बरु कतिपय उद्घाटन चैं राति गरौं कि ? समय पनि बचत हुने । बिहान र दिउँसोको समय काम गर्न पाइने ।’

तर प्रधानमन्त्री प्रचण्डले न उद्घाटन तथा शिलान्यासको मोह त्याग्न सके, न यस्ता कार्यक्रममा सहभागिताको विकल्प प्रयोग थाल्न थालेका छन् । उनी निम्त्याइएका अधिकांश कार्यक्रममा पुग्ने गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रकाशन गरेको विवरणले देखाउँछ ।

विवरणअनुसार प्रचण्डले ६ महिनामा प्रधानमन्त्रीका रुपमा ९० वटा औपचारिक कार्यक्रमलाई सम्बोधन गरेका छन् । कार्यालयकाअनुसार प्रधानमन्त्री प्रचण्डले गत वैशाखदेखि असारसम्म ४२ वटा र साउनदेखि असोजसम्म ४८ वटा सम्बोधन गरेका छन् ।

औसत २ दिनमा एउटा सार्वजनिक कार्यक्रममा पुगेर प्रधानमन्त्रीले सम्बोधन गरिरहेको देखाउँछ । आफ्नो दल माओवादी केन्द्र र समाजवादी मोर्चाका कार्यक्रमहरु यसमा समावेश गरिएको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu