Connect with us
Kapilvast Forest

पुर्व सशस्त्र प्रहरी संघ कपिलवस्तुको अध्यक्षमा शुक्ला चयन

२०८०, २० कार्तिक सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल
पुर्व सशस्त्र प्रहरी कपिलवस्तुको प्रथम अधिवेशन तथा साधारण सँगै शुभदीपावली, छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । सो कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरिक्षक अवि कुमार खत्रीको प्रमुख अतिथ्यितामा कार्यक्रम सम्पन्न भएको हो ।

पुर्व सशस्त्र प्रहरी संघ लुम्बिनी प्रदेश संयोजक पुर्व सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक गुणखर खनाल, पुर्व सशस्त्र प्रहरी संघ लुम्बिनी प्रदेश अध्यक्ष पुर्व सशस्त्र प्रहरी उपरिक्षक विष्णु कार्की, पुर्व सशस्त्र प्रहरीका पुदेश सचिव बासुदेव भण्डारी, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक गिता प्रसाद चौधरी लगायतले कार्यक्रममा मनतव्य राख्नु भएको थियो ।

पुर्व सशस्त्र प्रहरी संघ जिल्ला कार्यसमिति कपिलवस्तुको अध्यक्षमा निरंकार नाथ शुक्ला चयन हुनु भएको छ । पुर्व सशस्त्र प्रहरी कपिलवस्तुको प्रथम अधिवेशन तथा साधारणले पुर्व सशस्श प्रहरी उपरिक्षक निरंकार नाथ शुक्लाको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति चयन गरेको छ ।

उपाध्यक्षमा तिलक बहादुर पाण्डे, सचिवमा अर्जुन प्रसाद बेल्वासे, सहसचिवमा टोपलाल भुसाल, कोषाध्यक्ष यादव अधिकारी लगायत ६ जना सदस्यहरु रहनु भएको छ ।
कार्यक्रको सन्चालन जिल्ला सचिव अर्जुन प्रसाद बेल्वासेले गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu