Connect with us
Kapilvast Forest

मौलापुरका प्रमुखलाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

२०८०, २४ कार्तिक शुक्रबारमा प्रकाशित

सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहलाई पुनर्वहाली गर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगले पद गएको भन्ने निर्णयको बदर गर्न आदेश दिएको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘‘मौलापुर नगरपालिकाको निवेदिका निर्वाचिन भएको नगरप्रमुख पद रिक्त भएको भनी नेकपा (एकीकृत माक्र्सवादी लेनिनवादी) बाट भएको निर्णय तथा सो सम्बन्धमा निर्वाचन आयोगलाई गरेको पत्राचार, निवेदिकाको नगर प्रमसख पद स्वतः रिक्त भएको भनी निर्वाचन आयोगबाट मिति २०८० असोज २९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सूचनासमेत हाललाई कार्यान्वयन नगर्नू, नराउनू र निज निवेदिकालाई पूर्ववत रौतहट जिल्ला मौलापुर नगरपालिकाको प्रमुख पदमा रही यथावत काम कारबाही गर्न दिनू भनी विपक्षीहरुका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) बमोजिम अन्तरिम आदेश जारी गरिएको छ ।’’
नेकपा एमालेको सिफारिसमा निर्वाचन आयोगले प्रमुख रिना कुमारी साहको पद यस अघि निलम्बन गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu