Connect with us
Kapilvast Forest

आज हरिबोधनी एकादशी, विष्णु मन्दिरहरुमा घुइँचो

२०८०, ७ मंसिर बिहीबारमा प्रकाशित

आज हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।

चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ । आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल प्रसादको रुपमा खाने गरिन्छ ।

हरिबोधनी एकादशीको दिन काठमाडौं उपत्यकाका चार नारायण -चाँगुनारायण, इचंगु नारायण, विशंखुनारायण र शेषनारायण)लगायत देशभरका विष्णु मन्दिरहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । काठमाडौंका पशुपतिनाथ र बुढानीलकण्ठ मन्दिरमा पनि आज भक्तजनको घुइँचो छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu