Connect with us
Kapilvast Forest

चार महिनामा तेह्र अर्बको खाद्यान्न आयात

२०८०, ९ मंसिर शनिबारमा प्रकाशित

चालु आर्थिक वर्षको चार महिनामा १३ अर्ब रुपियाँ बराबरको खाद्यान्न (चामल, मकै, गहुँ, कोदो, जौ र फापर) आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चार महिनामा १३ अर्ब १६ करोड ४१ लाख ७० हजार रुपियाँको खाद्यान्न आयात भएको हो ।

अघिल्लो वर्ष सो अवधिमा ११ अर्ब ८३ करोड ७९ लाख १९ हजार रुपियाँको खाद्यान्न आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा खाद्यान्न आयात बढेको छ । गत वर्ष सरकारले आयातमा कडाइ गरेका कारणले खाद्यान्नको आयातमा गिरावट आएको थियो । चालु आवको चार महिनामा तीन अर्ब १५ करोड १७ लाख ८९ हजार रुपियाँको ८३ लाख २५७ केजी चामल आयात भएको छ ।

चार महिनामा तीन अर्ब ३३ करोड ५० लाख ३२ हजार रुपियाँ बराबरको १७ लाख ६७ हजार ५१६ किलो मकै आयात भएको छ । मकै कुखुराको दानाका लागि आयात हुने गर्छ । चार महिनामा दुई अर्ब ९३ करोड ७३ लाख रुपियाँ बराबरको १४ लाख ६५ हजार ३६५ किलो धान आयात भएको विभागको तथ्याङ्क छ । यस्तै ७७ करोड ६९ लाख ६८ हजार रुपियाँ बराबरको एक करोड ९० लाख १२ हजार ३७० केजी गहुँ आयात भएको छ । यस्तै ७६ लाख १६ हजार रुपियाँको जौ आयात भएको छ ।

मुुलुक कृषिप्रधान देश भए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा खाद्यान्न आयातमा वृद्धि भएको हो । चालु आवको पहिलो महिनादेखि नै खाद्यान्न आयात बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठुुलो परिमाणमा खाद्यान्न आयात हुने गर्छ । खाने बानीमा आएको परिवर्तनका कारण पनि मसिनो चामल बढी आयात हुने गर्छ । चामलसँगै ठुलो परिमाणमा धानसमेत मुुलुकमा आयात हुने गर्छ ।

कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा धान उत्पादन ६ दशमलव ९४ प्रतिशतले बढेर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको छ । खाद्यान्न (चामल, मकै, गहुँ, कोदो, फापर) प्रतिव्यक्ति प्रतिवर्ष करिब १८१ केजी आवश्यकता पर्ने गरेकामा यस हिसाबले चामल उपभोग प्रतिव्यक्ति प्रतिवर्ष १२१ केजी पुग्ने देखिएकामा नेपालमा औसत प्रतिव्यक्ति प्रतिवर्ष करिब १३७ केजी उपभोग भइरहेको मन्त्रालयले जनाएको छ । चामलको आवश्यकता वार्षिक ४० लाख मेट्रिक टन रहेकामा ५५ लाख मेट्रिक टन धानबाट ३५ लाख २० हजार मेट्रिक टन चामल उपलब्ध हुने देखिएकाले अझै वार्षिक चार लाख ८० हजार मेट्रिक टन चामल कमी देखिएको छ ।

पछिल्लो समय खेतीयोग्य जमिन घडेरीमा प्रयोग हुँदै गएको र काम गर्ने युवा जनशक्ति वैदेशिक रोजगारीमा गएकाले माग अनुसार खाद्यान्न उत्पादन हुुन सकेको छैन । भारत, चीन, अर्जेन्टिना, साउथ अफ्रिका, इन्डोनेसिया, मेक्सिको, थाइल्यान्ड, मलेसियालगायतका देशबाट नेपालमा खाद्यान्न आयात हुने गर्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu