Connect with us
Kapilvast Forest

उखुको मूल्य निर्धारण गर्न माग

२०८०, २९ मंसिर शुक्रबारमा प्रकाशित

उखुको अनुदान बक्यौता भुक्तानी र यो वर्षका लागि मूल्य कायम गर्न माग गर्दै सर्लाहीका उखु किसानले आन्दोलनको घोषणा गरेका छन् । नेपाल उखु उत्पादक महासङ्घसहित अन्य उखु उत्पादक समितिले बिहीबार दिउँसो हरिवनमा संयुक्त पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका हुन् ।

गत वर्ष सरकारले किसानलाई दिनुपर्ने अनुदान रकम तत्काल भुक्तनी गर्न र चिनीको वृद्धि मूल्य तथा किसानको लागत अनुसार उखुको मूल्य तोक्न पटक पटक आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेपछि बाध्य भई आन्दोलनमा जानु परेको नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।

मङ्सिर २५ गते कृषि मन्त्रालयमा भएको वार्तामा उखुको मूल्य ५६५ रुपियाँ कायम गर्न सिफारिस गरिएको थियो । सो मूल्यमा किसानले असहमति जनाएका छन् । त्यसअघि मङ्सिर १७ गते कृषि मन्त्रालयमै सरकार, उद्योगी र किसानका प्रतिनिधिबिच भएको त्रिपक्षीय वार्तामा उखुको मूल्य गत वर्ष प्रतिक्विन्टल ५४० (अनुदानबाहेक) कायम भएको थियो । त्यसमा सरकारले ७० रुपियाँ अनुदान दिएर ६१० रुपियाँ उपलब्ध गराउने निर्णय भएको थियो ।

मैनालीले यो वर्ष उखुको मूल्य निर्धारण गर्दा चिनीको बढेको बिक्री मूल्य, उखु उत्पादनमा लाग्ने हालको लागतका आधारमा न्यूनतम मूल्य ७५० रुपियाँ कायम गर्नुपर्ने आफूहरूको माग रहेको बताउनुभयो । सर्लाहीका उखु किसानले बिहीबार यही माग राखेर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । सर्लाहीका उखु किसानले उखुको मूल्य तय नहुन्जेल चिनी उद्योग सञ्चालन हुन नदिने बताएका छन् । उखुको मूल्य निर्धारण नहुन्जेल उद्योग सञ्चालन नगरिदिन किसानले आग्रहपछि इन्दुशङ्कर चिनी उद्योग हरिवन, एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज रामनगर, अन्नपूर्ण चिनी उद्योग धनकौलसहितका चिनी उद्योगले उखु क्रसिङ सुरु गरेका छैनन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu