Connect with us
Kapilvast Forest

पत्रकार शिवाकोटीलाई ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’

२०७६, २९ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडाैं । पत्रकार अजयबाबु शिवाकोटीलाई ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको पुरस्कार शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच पत्रकार शिवाकोटीलाई प्रदान गरिएको हो।

हाम्रा कुरा डटकमका संस्थापक प्रधानसम्पादक रहनुभएका उहाँले संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दूर्व्यवहार गर्ने तात्कालिन सभामुख कृष्णबहादुर महराबारेको समाचार आफ्नो अनलाइनमार्फत् सार्वजनिक गर्नुभएको थियो । इन्जाले सोही साहसिक कामको सम्मान गर्दै पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी कृष्ण पहाडीले सत्ता र राजनीतिक दलहरुले प्रेसलाई शक्तिका लागि दुरुपयोग गर्ने गरेको उल्लेख गर्दै त्यसबाट बचेर आफ्नो पेशालाई अघि बढाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

प्रेस युनियनका महासचिवसमेत रहनुभएका शिवाकोटीले तात्कालिन सभामुख महरबारेकाे समाचार सार्वजनिक गरेपछि आफूमाथि सुरक्षा थ्रेट आएको भन्दै सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।

पुरस्कारबाट सम्मानित हुनुहुने पत्रकार शिवाकोटीले २०५४ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध भई ईमेज टिभी, नेपाल वान टिभी, रेडियो नेपाललगायतका संचार माध्याममा रहेर काम गरिसक्नुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu