कपिलवस्तुको शिवराज ६ मा निशुल्क कोचिङ कक्षा सुरु
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ६ मा एसइइ परिक्षा अभिमुखिकरण अन्तरगत ३ महिने निशुल्क कोचिङ कक्षा सुरु भएको वडा अध्यक्ष महेताव खानले बताउनुभयो ।
विद्यार्थीको पठनपाठनमा सुधारको लागि कोचिङ कक्षा सुरु गरेको अध्यक्ष खानले जानकारी दिनुभयो । एसइइ परिक्षा नजिकीदै गरेको अवस्थमामा ३ महिने अंग्रेजी विज्ञान र गणित विषयको अभिमुखिकरण कार्यक्रम सुरु भएको हो ।
वडास्तरिय बजेटबाट कोचिङ्ग कक्षा सुरु गरिएको हो ।
वडा नं ६ का विद्यार्थीहरुको शैक्षिक अवस्था सुधार गर्नका लागि ३ महिने कोचिङ कक्षा सुरु हुदाँ त्यस क्षेत्रका विद्यार्थी खुसी भएका छन । वडा नं ६ पिपरी स्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा तिन महिने कोचिङ सुरु गएिको हो ।
