सर्लाही । ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । रामनगरमा खेत जोतिरहेको ट्याक्टर पल्टिदा चालको मृत्यु भएको हो ।
रामनगर गाउँपालिका–३, खैर्बाबहुअर्वामा आफ्नै खेत जोत्दै गर्दा ना ३ त ५१९४ नम्बरको ट्याक्टर पल्टिएर चालक २० वर्षीय रोशन सिंहको मृत्यु भएको हो । बिहान १० बजेको समयमा ट्याक्टर अनियन्त्रित भई खेत छेउकै मनुसमारा नदीमा खसेको थियो ।
खोलामा खसेकोट्याक्टरले च्यापिएका चालक सिंहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गडहीयाले जानकारी दिएको छ । ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पुर्याईएकोे सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभएकाे छ ।