Connect with us
Kapilvast Forest

सीमा बारे शिक्षा मन्त्रीले गराए भारतीय मन्त्रीको ध्यानाकर्षण

२०७६, ३० कार्तिक शनिबारमा प्रकाशित

३० कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली सीमा मिचिएकोबारे भारतीय मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सरकारले कूटनीतिक प्रयासबाट सीमा विवाद मिलाउने बताइरहेका बेला शिक्षा मन्त्री पोखरेलले भारतीय मानव संशाधन विकासमन्त्री रमेश पोख्रियाल ‘निशांकलाई भेटेर जारी नयाँ नक्साबारे असन्तुष्टि जनाएका हुन् ।

मन्त्री पोखरेलका स्वकीय सचिव विनोद न्यौपानेले फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को ४० औं महासभा बैठकका क्रममा मन्त्री पोखरेलले भारतीय समकक्षीसँग नेपाल–भारतबीचको सीमा विवादबारे ध्यानाकर्षण गराएको जानकारी दिए । न्यौपानेका अनुसार, मन्त्री पोखरेलले कूटनीतिक पहलमार्फत सीमा विवाद हल गरेर सम्बन्ध प्रगाढ गराउन भारतीय समकक्षीसँग आग्रह गरेका छन् ।

मन्त्री पोखरेलले सीमा समस्या समाधान गर्न गरेको आग्रहमा भारतीय मन्त्रीले के प्रतिक्रिया जनाए भन्नेबारे भने शिक्षा मन्त्रीको सचिवायले केही खुलाएको छैन ।

भेटमा दुई देशका मन्त्रीबीच गुणस्तरीय शिक्षाको विकासलगायत विषयमा पनि छलफल भएकाे बताइएकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu