Connect with us
Kapilvast Forest

जनयुद्ध दिवस मनाउने अधिकार कसैले रोक्न सक्दैन : प्रचण्ड

२०८०, २९ माघ सोमबारमा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध मनाउने आफूहरुको नैसर्गिक अधिकार हो भन्दै यसलाई कसैले रोक्न नसक्ने बताएका छन् । सोमबार नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले देशभरि जनयुद्ध दिवस मनाउने बताए ।

‘भोलि जनयुद्ध दिवस मनाउने भनेर सरकारले निर्णय गरेको थियो । अस्ति भर्खरै शान्ति प्रक्रिया नटुंगिएको हुनाले जनयुद्ध दिवस मनाउन उचित नहुने भनेर अदालतले निर्णय गर्‍यो’, प्रचण्डले बैठकमा राखेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘हामी अदालतको निर्णयलाई शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने बेलासम्म सम्मान नै गर्छौं । तर जनयुद्ध दिवस मनाउने हाम्रो नैसर्गिक अधिकारलाई कसैले रोक्न सक्दैन, रोकिँदैन । देशभरि भोलि जनयुद्ध दिवस मनाइन्छ ।’

उनले भोलि १ फागुनमा काठमाडौंमा विधान सम्मेलनको उद्घाटन नै जनयुद्ध दिवसलाई सम्मान गर्दै मनाउने र देशभर आ–आफ्नो तरिकाले मनाउने पनि बताए ।

प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक बिदाहरुको सूचीमा फागुन १ गते जनयुद्ध दिवस पनि थियो । तर सर्वोच्च अदालतले जनयुद्ध दिवसमा आम सहमति नभएको सार्वजनिक बिदा दिनु उचित नहुने भन्दै बिदा नदिन अन्तरिम आदेश दिएको थियो ।

माओवादीले प्रमुख पद जितेको धेरै स्थानीय तहले १ फागुनमा जनयुद्ध दिवसको बिदा घोषणा गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu