Connect with us
Kapilvast Forest

नारायणी अस्पतालमा शिशु छाडेर आमा बेपत्ता

२०८०, १३ फाल्गुन आईतवारमा प्रकाशित

नारायणी अस्पताल, वीरगञ्जमा छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि एक जना महिला नवजात शिशु छाडेर हिँडेकी छन् । जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी कुमार विक्रम थापाका अनुसार, १२ फागुनमा एक जना महिलाले शिशुलाई जन्मदिएकी थिइन् ।

तर, साँझ ती महिला र उनको सासु बच्चालाई छाडेर सम्पर्कविहीन भएको भन्दै जानकारी आएको थापाले अनलाइनखबरलाई बताए । प्रहरीका अनुसार, ती महिलाले अस्पतालमा भर्ना हुँदा आफ्नो नाम ‘सीता देवी’ र ठेगाना ‘रानीघाट–६, वीरगञ्ज’ टिपाएकी थिइन् । प्रहरीले भने नाम र ठेगाना समेत गलत टिपाएको जस्तो देखिएको बताएको छ ।

‘योजनाबद्ध रुपमा नै छाडेर हिँडेको जस्तो देखिन्छ’, थापाले भने, ‘यद्यपि, सीसी टीभी फुटेज लगायतका आधारमा खोजी गरिरहेका छौं ।’ उनीहरुलाई देख्नेहरुले भने शिशुलाई जन्मदिएकी महिला र उनको सासुबीच अस्पतालमा झगडा भएको देखेको बताएका छन् ।
उनीहरुले मोबाइल नम्बर पनि टिपाएका थिएनन् ।

यता काठमाडौंमा भने थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा शुक्रबार शिशु चोरी गरेको आरोपमा पक्राउ परेकी महिलाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धकको कसूरमा अनुसन्धान अघि बढाएको छ ।

विवाह गरेको तीन वर्ष भइसक्दा पनि सन्तान नभएपछि उनले शिशु चोरेको अनुसन्धानबाट देखिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu