Connect with us
Kapilvast Forest

मन्त्री नै घुस खाएर सरुवाबढुवा गराउँछन् : नेपाल

२०७६, ३ मंसिर मंगलवारमा प्रकाशित

madhav nepal

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारीसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु नै संलग्न रहेको आरोप लगाएका छन्।

नेता, मन्त्रीहरु आफैंले घुस खाएर कर्मचारीहरुको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले दाबी छ।

‘कर्मचारीको नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरू आफैं संलग्न छन्,’ सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले भने, ‘यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको छ।’

ad
वरिष्ठ नेता नेपालले स्थानीय तहमा करोडौंको लुट मच्याउने काम भइरहेको उल्लेख गर्दै कडा कारबाही गर्न पनि सरकारसँग माग गरे। स्थानीय तहमा कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाइरहेकाले सरकारले उनीहरुमाथि कडा कारबाही गर्नुपर्ने नेता नेपालको भनाइ छ।

‘मुलुकमा लुट मच्चाउनेहरुको सात पुस्ते सम्पत्ति जफत नगरेसम्म मुलुकमा सुशासन हुन सक्दैन,’ उनले भने, ‘यसतर्फ पनि उनले सरकारको गम्भीर ध्यान पुग्न जरुरी छ।’

वरिष्ठ नेता नेपालले स्थानीय तहले कृषि, पशुपालन र कृषकलाई अनुदान सहायता दिएर उत्पादन वृद्धिको काममा अधिक बजेट विनियोजन गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu