Connect with us
Kapilvast Forest

स्रोत नखुलेको एक करोड ५६ लाखको छानबिन राजस्व कोहलपुरले गर्ने

२०८०, ४ चैत्र आईतवारमा प्रकाशित

हुण्डी कारोवारको आशंकामा नेपालगन्जमा प्रहरीले नियन्त्रणमा लिएको स्रोत नखुलेको एक करोड ५६ लाख रुपियाँ र पक्राउ परेका आठ जनाको बारेमा विस्तृत छानबिन राजस्व अनुसन्धान कार्यालय कोहलपुरले गर्ने भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जको तीन ठाउँबाट बरामद गरेको सो रकम र पक्राउ परेकालाई सार्वजनिक गर्दै सो जानकारी गराएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्जको तीन ठाउँबाट बरामद गरेको एक करोड ५६ लाख २८ हजार तीन सय रुपियाँ र पक्राउ परेका आठ जनाको केसलाई थप अनुसन्धानका लागि राजस्व कार्यालय कोहलपुरलाई बुझाइएको बताउनुभयो।

बरामद भएको रकम हुण्डी कारोबार वा अरु कुनै गैर कानुनी कारोबारमा लगाइएको वा अन्य कुनै उदेश्यले सो रकम राखिएको भन्ने बारेमा गहिरिएर अनुसन्धान गरेर प्रष्ट पार्ने बताउनुभयो।

प्रहरीले नेपालगन्जको बसपार्क र पुष्पलाल चोकका दुई होटल तथा धम्बोझीबाट छुट्टाछुट्टै आठ जनालाई स्रोत नखुलेको सो अवैध रकमसहित नियन्त्रणमा लिएको थियो। उनीको साथबाट एक करोड ५६ लाख २८ हजार तीन रुपियाँ पनि बरामद गरिएको थियो।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका १६ का ३५ वर्षीय रोहित क्षेत्री, तुलसीपुर उपमहानगरपालिका ९ घर भएर नेपालगन्ज उपमहानगरपालिका ४ बस्ने ४३ वर्षीय कृष्णबहादुर विक, भारत बहराइचका ४१ वर्षीय राहुल जैसवाल र नेपालगन्ज उपमहानगरपालिका १६, जयसपुरका ५० वर्षीय सलिम जोलाह र उनका २८ वर्षीय छोरा आसिफ जोलाहा रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, राजापुर नगरपालिका १, बर्दियाका २० वर्षीय अनुप थारु, बर्दियाकै बारबर्दिया नगरपालिका २ बस्ने २५ वर्षीया पूर्णिमा थारु र नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरका ३६ वर्षीय हसिब अहमद जसगढलाई पक्राउ गरिएको थियो।

कारोबारमा संलग्न केही व्यक्ति अझै पनि फरार रहेको र उनीहरुलाई खोज्ने कार्य प्रहरीले गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

स्रोत नखुलेको एक करोड ५६ लाख भन्दा बढी रकम भेटिएको र त्यसमा भारतीय नागरिकको संलग्नता देखिएपछि सीमावर्ती सहर नेपालगन्जमा अवैध रुपमा ठुलै रकमको चलखेल र कारोबार हुँदै आएको पुष्टि भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu