Connect with us
Kapilvast Forest

कपिलवस्तुको निर्वाचनमा भारती बलिया प्रतिस्पर्धी ।।

२०७६, ४ मंसिर बुधबारमा प्रकाशित

मंसिर ४, लालपुर, कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० मंसिर १४ गते हुने उप निर्वाचनमा नेपाली काग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार देवराज भारती (बाबा) बलिया प्रतिस्पर्धिका रुपमा रहेका छन ।
भारतीका आमा स्व. शकुन्तला भारतिको निधन पश्चात रिक्त रहेको पदमा उनकै छोरा देवराज भारती (बाबा) अन्य उम्मेदवार भन्दा बलिया दावेदारका रुपमा रहेको स्थानियहरुको बुझाई रहेको छ । ०७४को स्थानिय तहको निर्वाचनमा आमाले स्वतन्त्र उम्मेदवारबाट ३१९ मतले विजयी बनेकोले आमालाई आएको मत स्वत उनलाई आउने र नेपाली काग्रेस पार्टिको मत पनि थपिने हुदाँ उनलाई बलिया प्रतिस्पर्धीका अन्य पार्टिका उम्मेदवारले लिएको स्थानिय अगुवाहरुले बताएका छन ।
१६ बर्ष लण्डनमा विताएका भारतीको बौद्धिक क्षमता र विकास प्रतिको लगावले उनी लालपुरमा लोकप्रिय बनेको स्थानिय युवा राकेश रायमाझिले बताए । युवा , कर्मठ र न्यायोचित व्यवहार गर्न सिपालु भारतीले कुनै पनि दवाब र पक्षमा नरहि सहिलाई सहि र गलतलाई गलत भन्ने, आफ्नो र परको नछुटाउने, काम गर्नेलाई प्राथमिकता दिने जस्ता कारणले उनी लोकप्रिय उम्मेदवार भएको रायमाझिले बताए ।
०७४ कै प्रदेश सभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचन लडेका भारती उप निर्वाचनमा भने नेपाली काग्रेसबाट वडा अध्यक्षको पदमा उम्मेदवारी दिएका छन । आफ्नो बुबा पनि काँग्रेस नै भएकाले आफु पनि नेपाली काग्रेसमा नै प्रवेश गरेको उनले बताए । लामो समय लण्डनको बसाइका क्रममा त्यहाँको विकास र प्रगतिलाई नियालेका भारतीले आफ्नो गाउँठाउँमा अझै पनि शिक्षाको पहुँच सहज नहुँदा समाज पछि परेको उनले जनाए । सानो छदा नै बुबा आमाले गर्ने सामाजिक कामबाट प्रभावित भएका उनमा सामाजिक कार्य प्रति आफ्नो लगाव रहेको उनले बताए । आमाको कार्यकालमा पनि उनले आमालाई सहयोगीको रुपमा रहेर वडाको विकास निर्माणमा सहभागि भएको भारतीले बताए ।
लालपुरको निर्वाचनमा नेकपाका उम्मेदवार अदालत मनिहार , नेपाली काग्रेसका देवराज भारती, समाजवादी पार्टिका तिरथ बहादुर रायमाझि , राजपाका मन्जु मिश्र र जनमत पार्टिका मोहम्द हानिफ गद्दी विच प्रतिस्पर्धा हुने स्थानियहरुको ठम्याई रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu