Connect with us
Kapilvast Forest

काठमाडौँ विश्वकै प्रदूषित सहर

२०८१, १ बैशाख शनिबारमा प्रकाशित

काठमाडौँ विश्वको सबैभन्दा बढी वायु प्रदूषित सहरको रुपमा रहेको छ। देशभर बुधबार र बिहीबार परेको पानीले प्रदूषण घट्ने अपेक्षा गरिए पनि प्रदूषण घट्न सकेको छैन।

देशभरको वायु प्रदूषणको मात्रा मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को तथ्याङ्क अनुसार काठमाडौँ सबैभन्दा बढी प्रदूषणको सूचीमा एक नम्बरमा रहँदा दोस्रो नम्बरमा बङ्गलादेशको ढाका रहेको छ। भारतको कोलकाता तेस्रो स्थानमा रहेको छ।

काठमाडौँको एयर क्वालिटी इन्डेक्स १७८ रहेको छ। यो स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ। बङ्गलादेशको एयर क्वालिटी इन्डेक्स १५८ रहेको छ। भारतको कोलकाताको एयर क्यालिटी इन्डेक्स १५४ रहेको छ।

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ। २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ।

पछिल्लो समय नेपालमा धेरै डढेलोका घटना भइरहेकाले उपत्यकाको वायु प्रदूषणको मात्रा पनि बढेको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu