Connect with us
Kapilvast Forest

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिए

२०७६, ५ मंसिर बिहीबारमा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुलाई शपथ गराएकी छन्।

राष्ट्रपति भण्डारीले बिहीबार बिहान साढे ११ बजे नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीलाई राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा शपथ गराएकी हुन्।

मन्त्रीहरुले राष्ट्रपतिसमक्ष र राज्यमन्त्रीले प्रधानमन्त्रीसमक्ष शपथ लिएका हुन्।

बुधबार प्रधानमनत्री ओलीले केही मन्त्रिपरिषद हेरफेर गरेका थिए। प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, कृषिमन्त्री घनश्याम भुसाल, उद्योगमन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई नियुक्त गरेका थिए।

त्यस्तै मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामबीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री र नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

समारोहमा उपराष्ट्रपति, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरुसहित उच्चपदस्थ व्यक्तिको उपस्थिति थियो।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव बिदा भएका छन् । त्यसैगरी राज्यमन्त्री धनबहादुर बुढा, रामकुमारी चौधरी र सुरेन्द्रकुमार यादव पनि जिम्मेवारीबाट मुक्त भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu