Connect with us
Kapilvast Forest

नेपाल सरकार र लघुबित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितीद्वारा स्थलगत अनुगमन

२०८१, २ जेष्ठ बुधबारमा प्रकाशित

नेपाल सरकार र लघुबित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितीले स्थलगत अनुगमन गरेका छन ।

कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको सभाहलमा लघुबित्त पीडित र नेपाल सरोकारवाला प्रतिनिधि विच अनुगमन तथा छलफल भएको छ ।

लघुबित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितीको अध्यक्ष मनिराम ज्ञवाली, अर्थमन्त्रालयको उपसचिव बोल राज आचार्य, राष्ट्र वैंकका संयोजक डिल्लीराम सुबेदी, राष्ट्र वैकंका प्रतिनिधि प्रकाश सापकोटा, समाजसेवी एम वि सुनार, संघर्ष समिति पदाधिकारी रोमन थापाले स्थलगत अनुगमन गर्नु भएको हो ।

अर्थमन्त्रालय र राष्ट्र वैकका प्रतिनिधिहरुले लघुवित्त पीडितको गुनासोहरु टिपोट गरि केन्द्रमा पेस गर्ने जनाएका छ्न ।

लघुबित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितीले आफुहरु मारमा परेकाले सरकार यस विषयमा गम्भीर भइ सत्यतथ्य छनविन गर्नु पर्ने समाजसेवी एमवी सुनारले जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका लघुवित्त पीडितहरुको करिब २ सय जनाको सहभागीता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj