Connect with us
Kapilvast Forest

कपिलवस्तुमा सशस्त्र प्रहरीद्वारा ३ लाखको समाग्री बरामद

२०८१, ७ जेष्ठ सोमबारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तुमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल महाराजगन्ज कपिलवस्तुको टोलीले भारतबाट भित्रीएको २ लाख ९० हजार रुपैयाँ बराबरका अवैध सामाग्री सहित २ वटा मोटरसाइकल बरामद गरिएको हो ।

पानी तान्ने मोटर र मोटरसाइकल बरामद गरेको शसस्त्र प्रहरी प्रहरी उपरीक्षक राम जंग पाण्डेले जानकारी दिनुभयो ।

जिल्लाको महाराजगन्ज नगरपालिका १ गैडहवा चोक नजिकै कच्चीबाटो छेउमा तस्करहरुले छोडेर भागेको
पानी तान्ने ३० थान र मोटरसाइकल २ वटा बरामद गरेको प्रहरी उपरीक्षक राम जंग पाण्डेले बताउनुभयो ।

भारतिय कम्पनी हिरोहोन्डाको पानी तान्ने मोटर र मोटरसाइकल बरामद गरि भन्सार कार्यालय कृष्णनगर पठाइएको सशस्त्र प्रहरी कपिलवस्तुको उपरीक्षक दिनेश शर्माले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल महाराजगन्जको प्रहरी निरीक्षक प्रकाश पन्थको कमान्डमा ७ जनाको टोली प्रहरीले उक्त सामाग्री बरामद गरेको हो ।

सशस्त्र प्रहरी कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले अवैध सामग्री ओसारपसार नियन्त्रण तथा र भारतबाट बिना भन्सार ल्याइने सानोतिनो सामग्रीसमेत बरामद गर्न कडा निर्देशन दिएसँँगै सशस्त्र प्रहरीले अवैधरुपमा भित्र्याइएको सामान बरामद गर्दै आएको छ ।

गते फागुन ८ गते कपिलवस्तु आउनु भएका प्रहरी उपरीक्षक पाण्डेले अहिलेसम्म एक करोड मुल्य बराबरको अवैध सामाग्री बरामद गरि भन्सार चलान गरेको सशस्त्र प्रहरी कपिलवस्तुले जनाएको छ ।

कपडा, मोवाईल पार्टस, प्याज, किराना, खाद्यान्न, हार्डवेयर, ब्रोईलर कुखुरा, चल्ला तथा पशु चौपाया तथा ढुवानीमा प्रयोग भएका सवारी साधन बरामद गरी भन्सार दाखिला गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj