Connect with us
Kapilvast Forest

शिवराज-६ का किसानलाई हाइब्रीड धानको बिउ वितरण

२०८१, ८ जेष्ठ मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ६ ले वडाका कृषकहरुलाई ५०% अनुदानमा धानको बिउ बितरण गरेको छ ।

वडाका ३ सय किसानहरुको मागको आधारमा धानको बीउ वितरण गरेको वडा नं ६ का अध्यक्ष मोहम्मद माहेताब खाँले बताउनु भयो ।

वडाका किसानहरुले दिएको निवेदनलाई आधार मानेर
विभिन्न प्रजातीका उन्नतजातका हाइब्रीड धानका विउ ५०% अनुदानमा वितरण गरेको वडा अध्यक्ष खानको भनाई रहेको छ ।

वडाले महिन्द्रा- 3030, 6444, युस- 312, महिन्द्रा 505 नामक धानको बीउ वितरण गरेको शिवराज नगरपालिका वडा नम्बर ६ का वडा सचिव राम प्रसाद चौधरीले बताउनु भयो ।

सबै किसानहरुलाई ५ किलोको दरले सबै हाइब्रीड धानको बीउ वितरण गरिएको वडा सचिव चौधरीले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj