Connect with us
Kapilvast Forest

सडक मर्मत नहुँदा सिगौं गाँउनै जोखिममा

२०७६, ५ मंसिर बिहीबारमा प्रकाशित

  • अराज बेल्बासे ,अर्घाखाची मंसीर ५ ,
अर्घाखाची शितगंगा नगरपालिकाको सबै भन्दा बढी ब्यस्त रहने सडक अमराई जुकेना हुँदै जलुके लामाताल सडम दशै अगाडीनै मर्मत हुनु पर्नेमा मर्मतको काम हुन नसक्दा सवारी साथन तथा यात्रुहरु मर्कामा परेका छन । सडकमा रहेका खाल्डा तथा ढुङगाहरुले कुन ठाँउमा दुद्र्दटनामा परिन्छ भन्ने डरले नै चालकहरु सवारी चलाउन बाध्य छन । केही दिन अगाडी बस दुर्घटना भएको स्थानमा समेत अझै मर्मत हुन नसक्दा फेरी दुर्घटनाका डर रहेको चालक हरु बताउछन ।
नगरपालिकाको मुख्य सडक र सबै भन्दा बढी सवारी सञ्चालन हुने सडक मर्मतमा नगरपालिकाले ध्यान नदिएको भन्दै स्थानियले समेत आर्कोस पोखेका छन । यता पश्चिम नेपाल बस ब्यवसायी समितीले सडक मर्मत नभए चालकहरुले बस लान नसक्ने भन्दै गुनासो गरेकोले नगरपालिकाले ध्यानन नदिए बस सञ्चालन नगर्ने बस ब्यवसायी समितिका नारायण बन्जाडेले बताउनु भयो । चालकहरु जानै नमानेको उहाँले बताउनु भयो ।
यस्तै यस क्षेत्रको मुख्य सडक गच्चे भालुवाङ सडक गत चैत देखिनै बँद अबस्थामा रहेको तर अझ सम्मा कसैले ध्यान दिन नसकेकोले दैनिक २ वटा जिप सञ्चालन हुँदै आएको सडकमा पहिरोहरु पन्छाउन ध्याननदिदा दैनिक सयौ लामो पैदलयात्र गर्न बाध्य भएका छन । धन्चौर लगाएका स्थानबाट सयौ आवतजावत गर्ने यात्रुहरु पहिरो माथी बाटै जोखिम यात्रा गर्न बाध्य भएका छन । सडकमा भएका दजानौ पहिरो र बनेको भिरले सबै भन्दा बढी स्कुल जाने बिद्यार्थी मर्कामा परेका छन ।
सडकमा गएका ठुला पहिराहरुले शितगंगा नगरपालिका ६ को अधिकारी गाँउ बिस्तापित हुने अबस्थामा आएको छ । घरको आगन सम्म पहिरो गएका छन भने कतिको बारी मलखाद सम्म पहिरो जाँदा बिस्तापित हुने अबस्था आएकोछ । भुमिकास्थान नगरपालिका र शितगंगा नगरपालिका जोड्ने मुख्य सडक समेत रहेको उत्त सडकको शितगंगा नगरपालिका क्षेत्रमा मात्र दर्जन भन्दा बढी ठुला पहिरा गएका छन । बाटोको निसानानै नदेखिने गरि गएका पहिरा पन्छाउन नगरले वास्था नगर्दा ब्यापारी समेत मर्कामा परेका उद्योग  बाणिज्य संघ शितगंगाका अध्यक्ष चिरञ्वि अधिकारीले बताउनु भयो । शितगंगा नगरपालिकाको वडा नम्बर ६ र भुमिकास्थान नगरपालिकाको धनचौर लगायतका स्थानको मुख्य ब्यापारी नाका अमराइ भए पनि सडक अवरोद्ध हुँदा ब्यापारी समेत मर्कामा परेका ब्यापारी लक्ष्मण पन्थीले बताउनु भयो ।
शितगंगा नगरपालिकाले आफ्नो नगरपालिका भित्रको सडक मर्मतको लागी अनुगमन गरि योजना बनाउने प्राबिधिक भरत बिकले बताउनु भयो । स्थलगत अनुगमन गर्दै मुल्याङकन गरि नगरपालिकाले काम थाल्ने बिकले बताउनु भयो । बिगतमा समेत उत्त क्षेत्रमा पैदलयात्रीहरु भिरबाट लंडेर मृत्यु भइसकेको स्थानहरुमा अहिले झनै पहिरो माथीबाट यात्रा गर्दै झनै जोखिम यात्रा गर्न भुमिकास्थान तथा शितगंगा नगरपालिकाका स्थानिय बाध्य रहेका छन । भुमिकास्थान नगरपालिका वडानम्बर १० मा पर्ने उत्त सडकमर्मतमा  नगरपालिकाले काम सुरु गरिसकेको नगर प्रमुख रेसम थापाले जानकारी दिनु भयो ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu