Connect with us
Kapilvast Forest

कपिलवस्तुमा फालिएको अवस्थामा पुरुषको शव फेला

२०८१, १९ जेष्ठ शनिबारमा प्रकाशित

कपिलवस्तुको सुद्धोधन गाउँपालिका वडा- ६ बेलभरिया गाउँको दक्षिण मर्थी खोलाको नालामा शनिवार बिहान १० बजेतिर हत्या गरी फालिएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ।

अनुहारमा ढुंगाले हानेर हत्या गरी नालामा छाडिएको अवस्थामा करिब ३० वर्षीय पुरुषको शव फेला परेको प्रहरी नायब उपरिक्षक हरिबहादुर ओलीले बताए। मृतक पुरुषको मुखमा गहिरो चोट देखिएको र शव नजिकै ढुंगा समेत फेला परेको ओलीले बताए।

शवको पहिचान भने नखुलेको उनले बताए। शवलाई पोस्टमार्टका लागि प्रादेशिक अस्पताल पठाइएको ओलीले बताए। घटनाको अनुसंधान भईरहेको ओलीले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu