Connect with us
Kapilvast Forest

तिलौराकोटमा दिप प्रज्वलन

२०८१, २० जेष्ठ आईतवारमा प्रकाशित

कपिलवस्तु- राष्ट्रिय दलित पत्रकार संघ नेपालको ५ औं स्थापना दिवस कपिलवस्तु शाखाले दिप प्रज्वलन गरि मनाएको छ । शुक्रबार संघले ऐतिहासिक पर्यटकिय स्थल तिलौराकोटमा दिप प्रज्वलन गरि स्थापना दिवस मनाएको हो । छुवाछुत तथा सबै विभेदको अन्त्यसंगै विश्वभर शान्तिको कामना गर्दै उक्त दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय सदस्य चिन्ता परियारले जातिय छुवाछुत अन्त्य गर्न दलितको हक अधिकारका लागि संघले सशक्ति रुपमा आवाज उठाउँदै आएको बताए । ‘छुवाछुत ठुलो अपराध हो । पुर्खाहरुले बनाएको मान्यतालाई अब हामीले नै अन्त्य गर्नुपर्छ । त्यो अन्त्यका लागी स्थापना दिवसले थप उर्जा थप्ने काम गर्छ,’ उनले भने ।

उनले संविधानमा जातिय छुवाछुत हुदैन भनेर लेखेका कुराहरु व्यवहारमा उर्तान सकेमा मात्र विभेदमुक्त समाज निमार्ण गर्न सकिने बताए । उनले दलितलाई सबिधानले दिएको हकअधिकार र छुट्याउदै आएको बजेटलाई सरकारले बञ्चित गराउन नहुने पनि बताए । उनले दलित भन्ने शब्दबाट बिचलित हुन नहुने समेत धारणा व्यक्त गरे ।

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तु शाखाका अध्यक्ष शुम्भु विकले जबसम्म समाजको मानसिकता परिवर्तन हुदैन तबसम्म परिवर्तन सम्भब नरहेको बताए । तसर्थ त्यो मानसिकता परिवर्तन गर्ने दिशातर्फ राष्ट्रिय दलित पत्रकार संघ लागेको उनको भनाई छ ।

अझै पनि छुवाछूतले समाजमा जरा गाडेको बताउँदै उनले यसलाई चिर्न अब दलित पत्रकारसगैं अन्य पत्रकारहरुको पनि भुमिका महत्वपुर्ण खेल्न आवश्यक रहेको बताए । छुवाछूत अन्त्यका लागि समाजका प्रमुखहरुलाइ झक्झकाउन जरुरी रहेको बताए ।

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुका सचिव सागर विकको संचालनमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष दिपिका सुनार, सहसचिव अंशु ढकाल विश्वकर्मा, पुर्व सचिव विक्रम विश्वकर्मा, पुर्व कार्यसमिति सदस्य रामबहादुर गन्धर्व लगायतको उपस्थिति रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu